एनआरएन लघुबित्त र रामारोशन माइक्रोफाइनान्स मर्जरमा जाँदै

एनआरएन लघुबित्त र रामारोशन  माइक्रोफाइनान्स मर्जरमा जाँदै

गैर आवासीय नेपालीहरुको प्रमुख लगानी रहेको एनआरएन लघुबित्त बित्तीय संस्था लिमिटेडले स्थापनाको छोटो समयमा १५ वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

सो बित्तीय संस्थाले रामारोशन माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडसित मर्जरमा जाने तयारी गरिरहको छ भने कञ्चन डेभलपमेन्ट बैंक अन्तर्गतको लघुबित्त कार्यक्रम आफुमा गाभेको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको सो बित्तीय संस्थाले गत फागुन महिनाको ७ गतेबाट मात्रै कारोबार शुरु गरेको हो ।

फागुन ३ गते स्थापना भएको बित्तीय संस्थाले २०७३ असोजमा स्थापना भएको रामारोशन माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडसित मर्जरमा जाने सहमति गरेको छ । अछामको मंगलसेनमा केन्द्रीय कार्यालय रहेको रामारोशन माइक्रोफाइनान्स एनआरएनसित मर्जरमा गएपछि बित्तीय संस्थाको कुल चुक्ता पुँजी २७ करोड हुने छ । हाल एनआरएनको कुल चुक्ता पूँजी २१ करोड रहेको छ ।

मर्जरमा जाने सहमति पत्रमा एनआरएनका तर्फबाट सञ्चालक शम्भुप्रसाद घिमिरे र रामारोशनका तर्फबाट सञ्चालक राजेश बटालाले हस्ताक्षर गर्नुभएको छ । एनआरएन लघुबित्तका प्रमुख कार्यकारी अधिकृत इन्द्रबहादुर शाहका अनुसार मर्जरका लागि दुबै संस्थाहरुको अध्ययन भइरहेको छ ।

अध्ययन सकिए लगत्तै नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाइने र राष्ट्र बैंकको अनुमतिपछि मर्जर थालिने प्रमुख कार्यकारी अधिकृत शाहले बताउनुभयो ।

उहाँले मर्जरले गुणस्तरीय बित्तीय सेवा दिने बताउनुभयो । एनआरएन लघुबित्तले पूर्वी नेपालका केही अनय लघुबित्त संस्थाहरुसित पनि मर्जरका लागि पहल गरिरहेको छ ।

प्रमुख कार्यत्रारी अधिकृत शाहले कञ्चन डेभलपमेन्ट बैंकको लघुबित्त कार्यक्रा आफुहरुसित आइसकेको र रामारोशन सित असार सम्ममा एउटै छानामुनीबाट कारोबार भइसक्ने बताउनुभयो ।