निवर्तमान कानुन मन्त्री जोशीले मात्र सम्झिइन संस्थापक प्रदेश प्रमुख मोहन राज मल्ललाई

निवर्तमान कानुन मन्त्री जोशीले मात्र सम्झिइन संस्थापक प्रदेश प्रमुख मोहन राज मल्ललाई

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मात्र संसदमा संस्थापक प्रदेश प्रमुख मोहन राज मल्ललाई सम्झिएकी छन् । सुदूरपश्चिम प्रदेश सरकारका वर्तमान प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गरेको पाँचौँ तथा अन्तिम नीति तथा कार्यक्रममाथि दशौँ अधिवेशनको सातौँ बैठकमा बोल्ने क्रममा उनले प्रथम प्रदेश प्रमुख मल्ललाई सम्झिएकी हुन् । 

उनले प्रदेश सभा गठन भए पश्चात् पहिलो प्रदेश प्रमुखको रूपमा मोहन राज मल्लले आफूहरूलाई शपथ समेत ग्रहण गराएको स्मरण गर्दै मल्ल प्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन् । 

जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा वर्तमान प्रदेश प्रमुख देवराज जोशीलाई धन्यवाद दिँदै भनिन्, ''प्रदेश सरकार र प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकोमा प्रदेश प्रमुख ज्युलाई धन्यवाद दिन चाहन्छु । पहिलो प्रदेश सभा जसले हामीलाई शपथ ग्रहण गराउनुभयो । माननीय मोहन राज मल्ल ज्यु , उहाँ दिवङ्गत भएको एक वर्ष पुरा गरेको छ । मैले माननीय पहिलो प्रदेश सभाका प्रदेश प्रमुख ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै माननीय शर्मिला त्रिपाठी र गंगा प्रसाद यादवलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।''

उनी सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रम माथि छलफल गर्दै गर्दा संस्थापक एवम् पहिलो प्रदेश प्रमुख मोहन राज मल्ललाई सम्झिने एक मात्र प्रदेश सभा सदस्य हुन् ।