सेतीले शुरु गर्दै  सिटीस्क्यान सेवा

सेतीले शुरु गर्दै  सिटीस्क्यान सेवा

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ ।

अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालनमा आएपछी अस्पतालमा सेवा लिने सेवाग्रहीलाई सहजता हुने भएको छ ।

उक्त सेवा सुरु भएपछि बिरामीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो ।

अस्पताल प्रमुखका अनुसार  बढीमा एक महिनापछि अस्पतालबाट सिटीस्क्यान सेवा प्रदान गर्न सकिने बताउनुभयो । मेशिन पुगेसँगै कम्पनीले जडान कार्य पनि थालेको छ।