आज पर्ला त पानी ? यस्तो छ मौसम पुर्वानुमान

आज पर्ला त पानी ? यस्तो छ मौसम पुर्वानुमान

आज देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा  हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।


प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


राति  प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।