काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। 

काभ्रेपलाञ्चोक पनौती नगपालिका(१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका(१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। 

उनका अनुसार कामीलाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २३ गते १० लाख ५० हजार रुपैयाँ जरिवाना र चार दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि कामी फरार थिए।

प्रहरीले कामीलाई गत शुक्रबार धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाएको जनाएको छ।