कार सजाउनका लागि धनगढीमा कार संसार शोरुम सञ्चालन, कुँवरले गरे उद्घाटन

कार सजाउनका लागि धनगढीमा कार संसार शोरुम सञ्चालन, कुँवरले गरे उद्घाटन

धनगढी। धनगढी उपमहानगरपालिका ३ बोराडाडीमा कार सजाउनका लागि कार संसार शोरुम संचालनमा आएको छ ।

बुधबार कार संसारको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले उदघाटन गरेका छन । करिब ५० लाखको लगानीमा शुरुभएको कार संसारको यो पाचौं शाखा हो । बुटवल मुख्य शाखा रहेको कार संसारको नारायणघाट, भैरहवा र नेपालगन्जमा शोरुम संचालनमा रहेको संचालक देवराज अर्यालले बताए ।

कार सजाउनका लागि सम्पुर्ण समानहरु उपलब्ध रहेको बताउदै संचालक अर्यालले भारत भन्दा पनि सस्तो रेटमा समान उपलबध रहेको बताए । उदघाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिति रहेको थियो ।