प्रदेश सरकारले ल्याएको बजेट व्यापारीहरूसँग सेटिङ भएर आएको बजेट हो : रतन थापा

प्रदेश सरकारले ल्याएको बजेट व्यापारीहरूसँग सेटिङ भएर आएको बजेट हो : रतन थापा

धनगढी । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष एवम् प्रदेश सभा सदस्य रतन थापाले सुदूरपश्चिम प्रदेश सरकारले बुधवार प्रदेश सभामा प्रस्तुत भएको बजेट व्यापारीहरूसँग सेटिङ भएर आएको बताएका छन् । उनले प्रदेश सरकाका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गरिसकेपश्चात् धनगढी खबर सँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागी प्रस्तुत गरेको बजेटमा खासै महत्त्वपूर्ण विषयहरू नसमेटिएको आरोप लगाए ।  ‘बजेट चाही अब खासै त्यस्तो महत्त्वपूर्ण योजनाहरू छैन । सुदूरपश्चिम प्रदेशका गौरवका योजना, केही आकर्षक रोजगारी सिर्जना गर्ने खालको त्यस्तो केही पनि छैन ।’

बजेट चुनाव मुखी र अलि-अलि भुल्याउने तरीकाले तयार पारिएको बताउँदै थापाले, ‘धेरै जसो ८ देखी १० करोड घाटा नै देखाइएको छ । ३६ अरबको बाट त्यही २४-२५ अरब बाट बढी हुँदैन ५० प्रतिशत खर्च नै छ । पूर्ण चुनाव मुखी छ ।’ 

बजेट आउनु अगावै कमिसन लिएर बजेट विनियोजन गरिएको आरोप लगाउँदै एमाले नेता थापाले भने, ‘बजेट आउनु अगावै कमिसन लिएको भन्ने बजारमा कुरा आएका थियो । बजेटको योजना र शिर्षकरु हेर्दा साँच्चै त्यस्तै मिल्दो जुल्दो कुराहरू त्यस्तै ढंग देखी एको छ ।’ 

उनले थप्दै भने, ‘व्यपारीहरुबाट कमिसन लिएको छ । जस्तै मानौँ उद्योग हरूलाई यस्तो गर्ने, व्याज मिनाहा गर्ने, मिनाहा टाइपका विदेशबाट आएकाहरूलाई यसरी पैसा दिने, अनुदान दिने भन्ने कुराहरू जुन देखी एको छ ।  यसले त्यस्तै व्यक्तिहरू सृजना गर्ने, शीर्षक देखाएर बजेट खाने माहौल सृजना गरेको छ । यिनीहरू गतिलो देखिएनन्। सबै कमिसनको सल्लाह भएको देखियो ।’

यिनीहरूले देश र प्रदेशको लाज बनाउने थापाको आरोप रहेको छ ।  पैसाको लागी यती धेरै लोभ गर्नेले व्यापार नै गर्नुपर्ने थापाको भनाई रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभाको बुधवारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका हुन् । 

चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको छ ।