प्रधान सेनापति लेबनान प्रस्थान: उतैबाट अमेरिका जाने

प्रधान सेनापति लेबनान प्रस्थान: उतैबाट अमेरिका जाने

प्रधान सेनापति प्रभुराम शर्मा शनिबार लेबनान प्रस्थान गरेका छन्।  उनी सात सदस्यीय टोलीसहित लेबनान प्रस्थान गरेका हुन्। 

नेपाली सेनाका अनुसार भ्रमणको क्रममा उनले शान्ति सैनिक रहेका मिसनको निरीक्षण तथा त्यहाँको वस्तुस्थिति बारेमा जानकारी लिनेछन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। 

उनले लेबनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।

शर्मा लेबनान भ्रमणपछि असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा गएर १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।