समाचार प्रभाव : भारतको ब्याङ्ग्लोर हिंडेका यात्रुहरु आ -आफ्नो गन्तव्यमा पुगे ,एजेन्टलाई एक हप्ता भित्र कानुनी दायरामा ल्याईने

समाचार प्रभाव : भारतको ब्याङ्ग्लोर हिंडेका यात्रुहरु आ -आफ्नो गन्तव्यमा पुगे ,एजेन्टलाई एक हप्ता भित्र कानुनी दायरामा ल्याईने

धनगढी । जेठ ३१ गते भारतको ब्याङ्ग्लोर हिंडेको गाडी ४ गते बिहान ५ बजेको समय सम्म २ जना बिरामी सहित ६० जना यात्रु बिच बाटोमा अलपत्र परेका थिए ।

धनगढी र अत्तरीया लगायतका विभिन्न टुर एण्ड ट्राभलहरु श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एण्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरका उनीहरुले लागि टिकट लिएका थिए । 

यात्रु बाट टिकट को पैसा लिएर गाडी मलिक र ट्राभलले हामीलाई लाई पैसा नै नदिई एजेन्ट जगत मल्ल र महेन्द्र जोशी फरार भए पछि टिकट काटेर हिँडेका २ जना बिरामी सहित ६० जना यात्रुबिच बाटोमा अलपत्र परेका थिए ।  

 ३ जना भारतीय ड्राइभर र एक जना खलासी मिलेर हाकी रहेको श्री त्रीवेणि बडिमालिका टुर एण्ड ट्राभल को एन एल -0१ -बि -२३३५ नम्बर को गाडी आन्द्रा र कर्नाट्कका को बिचमा रोकेर बसेको थियो । 

यात्रु बाट टिकट को पैसा लिएर गाडी मलिक र ट्राभलले हामीलाई लाई पैसा दिएको छैन भन्दै ड्राइभर हरुले यात्रुहरुलाई कुटपिट समेत गरेको यात्रुहरु ले दुखेसो पोखेपछि  हामीले यात्रु हरु को उद्दारका लागी जिल्ला प्रहरी कार्यालय मार्फत अनुसन्धान प्रक्रिया अगाडि बढायौ 

परिणाम स्वरुप ४ गते दिउँसो १ बजे तिर सम्पुर्ण यात्रुहरु आ आफ्नो गन्तव्यमा पुगेको यात्री अरुण मल्लले बताए ।

साथै यसरी यात्रुहरुलाई दुंख दिएर फरार हुने एजेन्टलाई एक हप्ता भित्र कानुनी दायरामा ल्याउने लिखित शर्तसहित गाडी मलिक र ट्राभल एजेन्सीका व्यक्तीलाई छोडिएको छ ।