डोटी : सुदूरपश्चिम प्रदेश सरकारले डोटीको के आई सिंह गाउँपालिकालाई १ करोड ३६ लाख ८३ हजार रुपैयाँ बजेट छुट्टाएको छ ।
गत असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९(८० का लागि ल्याएको बजेटमा लागि उक्त बजेट विनियोजन गरिएको हो ।
प्रदेश सरकारले समानीकरण अनुदानतर्फ ६४लाख,८३ हजार विशेष अनुदानतर्फ २५ लाख र समपुरक अनुदानमा ४७ लाख गरी के आई सिंहलाईलाई उक्त रकम अनुदान दिएको हो ।
प्रदेश सरकारले सबैभन्दा कम अनुदान भने डोटीको पुर्र्वीचौकी गाउँपालिकाका लागि विनियोजन गरेको छ। उक्त गाउँपालिकाले प्रदेश सरकारबाट ६७ लाख ६१ हजार बजेट मात्रै पाउने छ।