कैलाली युवा उद्यमी संघको अध्यक्षमा खड्का चयन

कैलाली युवा उद्यमी संघको अध्यक्षमा खड्का चयन

धनगढी: नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन्।

आइतबार धनगढीमा भएको पाँचौ साधारण सभाले खड्कालाई अध्यक्षमा चयन गरेको हो। 

नयाँ चयन भएको कार्य समितिको प्रथम उपाध्यक्षमा कुवेर शाही, द्धितीय उपाध्यक्षमा तर्कराज भट्ट रहेका छन्। यस्तै सदस्यहरुमा शिवराज ओझा, अच्युत दाहाल, आयुष मोहपाल, आयुष हमाल, आदित्य हमाल, आशिष शाह र श्रृष्टि पाण्डेय रहेका छन्।  साधारणसभा निवर्तमान अध्यक्ष इन्जिनियर रोशन भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।