कैलालीमा नेपाली सेनाद्दारा तारागढी र ताराकोट पुनर्निर्माण सुरु

कैलालीमा नेपाली सेनाद्दारा तारागढी र ताराकोट पुनर्निर्माण सुरु

धनगढीः नेपाली सेनाले एतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ। नागरिक सैनिक सम्बन्ध बिस्तार अन्तरगत स्थानीयसँग समन्वय गरेर ऐतिहासिकल किल्ला पुनर्निर्माणको काम सुरु गरेको हो। 

१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। 
जसअन्तरगत कैलालीको देवी दल गण अत्तरिया तेघरीले गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा रहेको तारागढीको पुनर्निर्माण गरेको छ।

गोदावरी नगरपालिकामै पर्ने ताराकोटको पनि नेपाली सेनाले पुनर्निर्माण गरेको छ। अत्तरिया तेघरीमा रहेको दवी दल गणले स्थानीय तहसँग समन्वय गरेर निर्माण गरिएका उक्त एतिहासिक किल्ला गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो।  

आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेधरी अत्तरियाले जनाएको छ। उक्त कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, स्थानीय तहका जनप्रतिनिधि लगायतका सेनाका अन्य उच्च अधिकारीहरुको सहभागि रहेको थियो।