दोस्रो विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ को प्रादेशिक विजेता बन्यो धनगढीको क्रिसियन्ट सिटी स्कुल

दोस्रो विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ को प्रादेशिक विजेता बन्यो धनगढीको क्रिसियन्ट सिटी स्कुल

धनगढी । धनगढीको क्रिसियन्ट सिटी स्कुल दोस्रो (STAN-UNESCO)  विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ को प्रादेशिक विजेता बनेको छ । शनिवार विज्ञान शिक्षक समाज नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रतिमोतिया क्रिसियन्ट सिटी स्कुल विजेता बनेको हो । 

धनगढीको रेडिकल परिसरमा आयोजित उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरू को सहभागिता रहेको थियो । 

प्रादेशिक विजेता बनेको क्रिसियन्ट सिटीले अब राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ ।