धनगढीका १९ वटै वडालाई नाली कुलो सफा गर्न बजेट

धनगढीका १९ वटै वडालाई नाली कुलो सफा गर्न बजेट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले कुलो नाली सफा गर्न पालिकाका सबै वडाका लागि बजेट विनियोजन गरिएको छ। 

प्रत्येक वडालाई एक लाख ३३ हजारका दरले कुल २५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख गोपाल हमालले बताए। 

उपमहानगरपालिकाले वर्षायाममा कुलो तथा नाली जाम भई डुबानको समस्या हुने हुँदा १९ ओटै वडाका लागि बजेट विनियोजन गरेको हो।