कैलालीमा ट्रक चालक द्दारा आफ्नै ट्रकमा आगजनी

कैलालीमा ट्रक चालक द्दारा आफ्नै ट्रकमा आगजनी

धनगढी: आइतबार कैलालीमा एक ट्रकमा आगजनी भएको छ। प्रहीका अनुसार राति साढे ११ बजेको समयमा लम्कीचुहा नगरपालिका(३ चिसापानीस्थित कर्णाली पुलमा ना ७ ख ६३२५ नम्बरको ट्रकमा आगजनी भएको हो।

चालक चुरे गाउँपालिका(३ सुनारीका ३५ वर्षीय रमेश शाह आफैले पुलको बिच भागमा ट्रकलाई तेर्सो बनाई टायरमा पेट्रोलजन्य पदार्थ प्रयोग गरी आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगो तत्कालै नियन्त्रणमा लिइएको र टायरहरुमा क्षति पुगेको बताइएको छ। 

चालकलाई ट्रकमा आगो लगाई सोही पुलमुनी लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लम्की पठाइएको उनले बताए।