नेपालटारको पुलबाट मिनीट्रक खोलामा खस्यो

नेपालटारको पुलबाट मिनीट्रक खोलामा खस्यो

काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । बा।४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।  

दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।