डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।
जिल्लाको बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो।
दुर्घटना परि टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ। चालक फेला परेका छैनन र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।