कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारको गल्ली नं. ४ मा आगलागी भएको हो ।
प्रत्यक्ष दर्शीका अनुसार अहिले घटना स्थलमा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागी भएको स्थानबाट सिलिण्डर पड्किएको जस्तो आवाज आईरहेको छ । भने आगलागीको कारण समेत खुलेको छैन् ।