बैतडीबाट बेपत्ता भएकी युवती त्रिनगर नाकामा भेटिइन्

बैतडीबाट बेपत्ता भएकी  युवती त्रिनगर नाकामा भेटिइन्

धनगढी : गत शनिबार वैतडीबाट बेपत्ता रहेकी जिल्लाको  सिगास गाउँपालिका(८ की १८ वर्षीया सरस्वती बोहरा भेटिएकी छिन्। उनलाई कैलालीको त्रिनगर भन्सार नाकाबाट उद्धार गरिएको प्रहरीले बताएको छ।

घरबाट रोपाईँ जान्छु भनि उनी बेपत्ता भएकी थिइन्। भारततर्फ जान लागेकी उनलाई विभिन्न संघसंस्थाको पहलमा उद्धार गरी प्रहरीलाई बुझाइएको थियो। प्रहरीका अनुसार सरस्वतीलाई उनका श्रीमान रमेश बोहराको जिम्मा लगाइसकेको छ।

सरस्वती भारत जान लागेको कारण भने खुल्न नसकेको जनाइएको छ। रमेश र सरस्वतीले गएको चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए।