दैनिक ५० लाखसम्म कारोबार हुने भाटभटेनीको दाबी

धनगढी : धनगढीमा स्थापनाको छोटो समयमै भाटभटेनी सुपरमार्केटको क्रेज लोभलाग्दो देखिएको छ । दैनिक औषत ५० लाखसम्मको कारोबार भईरहको भाटभटेनीका व्यवस्थापकले दाबी गरेका छन । 

गत जेठ २७ गते देशको २३ औं आउटलेटका रुपमा धनगढीमा भाटभटेनीको भव्य उद्घाटन गरिएको थियो। उद्घाटन भएकै दिन १ करोड २३ लाखको कारोबार गरेको धनगढीले सोमबार उद्घाटनको १० औं दिन पूरा गर्दा दैनिक ४५ लाख देखि ५० लाखसम्मको कारोबार गर्ने गरेको धनगढी स्टोर म्यानेजर कमला दाहालले बताईन् । 

‘ग्राहकको फ्लो एकदमै राम्रो छ । दैनिक ४ हजारदेखि ५ हजारसम्म ग्राहकहरु आइरहनुभएको छ,’ दाहालले  भनिन्, ‘उद्घाटनको दिन १ करोड २३ लाखको कारोबार भइरहेको थियो। अहिले औषत ४५ देखि ५० लाखसम्मको कारोबार भइरहेको छ ।’

बिहान साढे ७ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने भाटभटेनीमा दैनिक ४ हजार देखि ५ हजारसम्म ग्राहक आउने गरेको दाहालले बताइन् ।

भाटभटेनीमा खाद्यान्न, गारमेन्ट्स, इलोक्ट्रोनिक्स समानहरुका लागि ग्राहकहरु धेरै आउने गरेको उनले बताइन। हालपनि भाटभटेनीले सबै समानमा १० प्रतिशत देखि इलोक्ट्रोनिक्स समानमा २० प्रतिशतसम्म छुट दिएकाले पनि ग्राहकहरुको संख्या बढ्न थालेको उनले बताइन । 

भाटभटेनी धनगढीमा खुलेसँगै सीमावर्ती भारतीय बजारमा जाने ग्राहकहरु कम भएको र भारतीय बजारबाट पनि समान खरिदका लागि नेपाल आउने गरेको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।

‘गौरिफन्टा(सीमावर्ती बजार) जाने नेपाली ग्राहक यतै रोकिएका छन्। भारतीय ग्राहकहरु पनि यहाँ दैनिक आउने गरेका छन्,’ उनले भने, ‘हाम्रो अध्ययनमा चिनी, जिरा, चिया, घरायसी सामान, लत्ताकपडाका लागि सीमावर्ती बजारमा जाने गरेका छन्। सबैको चाहना नेपाली पैसा नेपालमै रहोस् भन्ने हो । घरायसी समानमा कमभन्दा कम फाइदा राखेर हामीले सस्तोमा उपलब्ध गराउने गरेका छौँ ।’

१ लाख ५० हजार वर्गफिटमा फैलिएको धनगढीस्थित भाटभटेनी २ अर्ब २५ करोडको लगानीमा तयार पारिएको हो । 

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले भाटभटेनीमा देखिएको क्रेजले सुदूरपश्चिममा ठूलो व्यापारिक प्रतिष्ठान तथा उद्योगहरुका लागि लगानीको सम्भावना खोलिदिएको बताए । 

दैनिक ५० लाखसम्म कारोबार हुने भाटभटेनीको दाबी छ धनगढीमा स्थापनाको छोटो समयमै भाटभटेनी सुपरमार्केटको क्रेज लोभलाग्दो देखिएको छ । दैनिक औषत ५० लाखसम्मको कारोबार भईरहको भाटभटेनीका व्यवस्थापकले दाबी गरेका छन । 