सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।
आयोगले बुधवार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । 
आयोगले पाँचौ तहका प्राविधिकहरू ८ जना र चौथो तहका प्राविधिक पदहरूमा ४ जना कर्मचारी माग गरेको छ । 
आयोगको वेबसाइटमार्फत योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।