विराटनगर नाकाबाट बालिकाको उद्धार, बेच्न लैजान खोजेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ

विराटनगर नाकाबाट बालिकाको उद्धार, बेच्न लैजान खोजेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ

नयाँ लुगा किनिदिने, आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ। 

मोरङ प्रहरीले दिएको जानकारी अनुसार नेपाल–भारत सीमाको विराटनगर(१५ स्थित २ नं। गेटबाट बालिकाको मंगलबार उद्धार गरिएको हो। झापाकी ती बालिकालाई बेच्न लगेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गरेकोमध्ये एक जना भारतीय नागरिक हुन्। भारतको मुजफ्फरपुर घर भई झापाको विर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीया हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सहनी र बारा जिल्ला घर भएकी युवती प्रेमी(प्रेमिका हुन्। उनीहरूको सामाजिक सञ्जालमार्फत् दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए।

‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर विर्तामोड बोलाएको रहेछन्। प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन्। 

त्यहीका १३ वर्षीया बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बाबुआमा कोही छैन। मेरो आफन्त भनेको मेरो उहाँहरू दाजु, दिदी हो भन्न लगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो।’