२४ घण्टामा ४९ जनामा काेराेना पुष्टि

२४ घण्टामा ४९ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ९४ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यही अवधिमा १२ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा एक सय ६३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

यही अवधिमा ८५ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।