कारागारमा एक कैदीको मृत्यु

कारागारमा एक कैदीको मृत्यु

महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको कारागारमा आज बिहान एक कैदीको ज्यान गएको छ।

ज्यान गुमाउनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव आज बिहान २ बजे एक्कासी बेहोस भएका थिए । 

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।