धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा ३५ जना चिकित्सक माग गरेको हो। उक्त जनशक्ति करार सेवामा माग गरेको हो।
अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरेको छ।