धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोडको बजेट

धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोडको बजेट

धनगढी : धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब  ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा आन्तरिक आय रु २६ करोड,७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ । 

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८र७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।