धनगढी उपमहानगरपालिकाको पुर्वाधार तर्फ ४५ करोड आर्थिक तर्फ कति ?

धनगढी उपमहानगरपालिकाको पुर्वाधार तर्फ ४५ करोड  आर्थिक तर्फ कति ?

धनगढी  : धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब  ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा पुर्वाधार तर्फ ४५ करोड १० लाख ५२ हजार रहेको छ । जुन उपमहानगरपालिकाको कुल बजेटको २४.५३ प्रतिशत हो ।

त्यस्तै आर्थिक तर्फ १४ करोट ४२ लाख ११ हजार रहेको छ, जुन कुल बजेटको ७.८४ प्रतिशत हो । 

 उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८र७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।