बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ।
भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका(१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले सेतोपाटीलाई बताए।
खरिद बिक्रिको कुनै कागजात नभएको १८ लाख २० हजार मूल्य बराबरको उक्त चिनी र एक लाख सात हजार मूल्य बराबरको बोडीको दाल बरामद भएको प्रहरी निरीक्षक पालले जानकारी दिए ।
भन्सारी छलीको खाद्यान्न बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले बिहीबार राति ९ बजे सामान बरामद गरेको थियो।
प्रहरीका अनुसार बरामद भएको सामाग्री भन्सार कार्यालय पठाइएको छ।