सामाजिक विकास तर्फ धनगढी उप-महानगरपालिकाको सबैभन्दा बढी बजेट विनियोजन

सामाजिक विकास तर्फ धनगढी उप-महानगरपालिकाको सबैभन्दा बढी बजेट विनियोजन

धनगढी । धनगढी उपमहानगरपालिकाको ८ औँ नगर सभामा आज प्रस्तुत भएको बजेटमा  सबैभन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ । जसमा ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरिएको छ । जुन उपमहानगरपालिकाको कुल बजेटको ४०.६४ प्रतिशत हो ।

यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ७ करोड ७३ लाख २१ हजार विनियोजन गरिएको जुन कुल बजेटको ४.२ प्रतिशत हो । उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले नगर सभा समक्ष आज चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । धनगढी उपमहानगरपालिकाको ८ औँ नगर सभामा  रु १ अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेस गरिएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा १ अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।