नदीमा डुबेर एक बालिकाको मृत्यु

नदीमा डुबेर एक बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

नदीमा डुबेर बेहोस भएकी उनको टीकापुर अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।