नवनियुक्त महाप्रबन्धक ज्वारचनले सम्हाले कार्यभार

नवनियुक्त महाप्रबन्धक ज्वारचनले सम्हाले कार्यभार

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नियुक्त भएका क्याप्टेन दिपुराज ज्वारचनले कार्यभार सम्हालेका छन्। सरकारले गत ६ असारमा ज्वारचनलाई निगमको निमित्त महाप्रबन्धक बनाउने निर्णय गरेको थियो।

ज्वारचनले निगमको एयरबस उडाउँदै आएका छन्। बिहीबार पदभार ग्रहण गरेका उनले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा राखेका छन्। समग्रतामा सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र सो को लागि रणनीति एवंम कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो।