बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश फुटेज कहिलेसम्म सार्वजनिक हुन्छ ?

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश फुटेज कहिलेसम्म सार्वजनिक हुन्छ ?

संसदमा अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा दिनुपर्ने आवाज उठेको छ। सांसद कृष्ण गोपाल श्रेष्ठले यथाशिघ्र अर्थ मन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘२०७९ जेठ १४ गते अर्थ मन्त्रालयमा भएको अनाधिकृत व्यक्तिहरुको उपस्थितिसहित बजेट तयार पारेको प्रभावप्रति त्यसको यथार्थ फुटेज सार्वजनिक गरियोस् भनेर माग गर्दछौं। कहिलेसम्म फुटेज सार्वजनिक हुन्छ। अविलम्व सार्वजनिक गरियोस्। ’

पूर्व अर्थ मन्त्रीहरुले विवादमा परेपछि राजीनामा दिएको स्मरण गराए।