कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ

कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन्। 

 प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा १ पोका ब्राउन सुगर फेला पारेपछि थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गरेको थियो।

यिनीहरुलाई जाँच गर्दा उक्त लागुऔषध र नगद ८ हजार १ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उक्त विषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।