राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुएकी छन ।
आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुईन । उनीले पटक–पटक टिस्यु पेपरले आँसु पुछेकी छन ।
यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिईन।