युवा महोत्सवको तयारी पुरा भोलिदेखि लाग्ने

युवा महोत्सवको तयारी पुरा भोलिदेखि लाग्ने

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भोलि (सोमबार) ८ बजे देखि युवा महोत्सव लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा भोलिदेखि ३ दिनसम्म महोत्सव लाग्ने भएको हो।  महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । 
युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशभरका युवाहरुको सहभागितामा उक्त महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकारहरुको समेत उपस्थिती रहने बताइएको छ।
उक्त महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्राथमिकतामा राखेको कार्यकारी उपाध्यक्ष कुँवरले बताए। महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिका लगायका विषयमा प्रशिक्षण समेत दिइने उनले बताए। उक्त महोत्सवमा करिब ३०० जना युवाहरुको सहभागिता रहने छ।