नयाँ मन्त्रीले लिए शपथ ग्रहण

नयाँ मन्त्रीले लिए शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन ।