धनगढी :जिल्ला ट्राफिक कार्यालय कैलालीले हिजो आइतबार धनगढीमा हुने सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित यात्राको लागी धनगढीका अटो रिक्सा चालकहरुलाई चेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।
धनगढीमा दैनिक जसो हुने सवारी दुर्घटना तथा जाम कम गर्न सवारी चालकलाई ट्राफिक नियम बारे सम्झाई गर्नुका साथै पर्चा पम्पलेट वितरण गरेको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्युनीकरण, व्याबस्थापन, ट्राफिक नियमको पुर्ण पालनाका लागी यो कार्यक्रम सञ्चालन गरेको ट्राफिक कार्यालय धनगढीले जनाएको छ ।