धनगढीको नोभा हस्पिटलमा विशेषज्ञद्वारा मनोरोगका बिरामीलाई नि :शुल्क परामर्श दिईने

धनगढीको नोभा हस्पिटलमा विशेषज्ञद्वारा मनोरोगका बिरामीलाई नि :शुल्क परामर्श दिईने

धनगढी ।
धनगढीस्थित अस्पताल लाईनमा रहेको नोभा हस्पिटलले यही असार १४ गतेदेखि ३ दिनसम्म नि:शुल्क मनोरोग परामर्श सेवा दिने भएको छ । 

मनोरोग विशेषज्ञ डा . राम प्रसाद लामिछानेद्वारा नोभा हस्पिटलमा असार १४, १५ र १६ गतेसम्म टाउको ,नशा तथा मनोरोगका बिरामीलाई निस्शुल्क परामर्श दिईने भएको हो ।

हस्पिटलका अनुसार डिप्रेशन, टाउकाको दुख्ने, निद्रा नलाग्ने, रिस उठ्ने, मनमा डर लाग्ने, छारे रोग, शरीर झमझम्माउने जस्ता लक्षण देखिएका बिरामीले निस्शुल्क परामर्श लिन सक्ने जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारणले समस्यामा परेका बिरामीलाई स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उदेश्यले गरिव बिपन्न परिवारलाई लक्षित गरि हस्पिटलले विभिन्न समयमा सेवामा निस्शुल्क सेवा गर्दै आएको हस्पिटलले जनाएको छ ।