बझाङको चैनपुरमा राखिएको जयपृथ्वीको शालिक तोडफोड

बझाङको चैनपुरमा राखिएको जयपृथ्वीको शालिक तोडफोड

बझाङ ।
बझाङको सदरमुकाम चैनपुर लोकतान्त्रिक चोकमा राखिएको जयपृथ्वी बहादुर सिंहको शालिक तोडफोड गरिएको छ। 

उक्त सालिक बझाङ्गी भाषाको चलचित्र छायांकनका लागि गतवर्ष असोजमा चोकमा राखिएको थियो। 
सालिक कहिले र कसले तोडफोड गर्‍यो सोबारे पत्ता नलागेको प्रहरीले बताएको छ। 

अर्ध कदको सालिक तोडफोड गरेर टाउकोको भाग शरीरबाट छुट्याएर फुटाइएको अवस्थामा छ।