जनप्रतिनिधिको लापवार्हिका कारण बैतडीको पन्चेस्वर गाउँपालिकाको डोजर र टिप्पर वर्षौ देखि थन्किएका छन । गाउँपालिका भित्र हुने विकास निमार्ण कार्यका लागि गाउँपालिकामा डोजर टिप्पर भित्रयाइएको हो । गाउँपालिकाले प्राथमिकतामा अहिले सडक राखेको छ । उदेश्य नै सबै वडा सडक सञ्जाल संग जोडने योजना रहेको छ । पन्चेस्वर गाउँपालिकामा अहिले व्याक्तिगत डोजरको प्रयोग गरेको पाईएको छ । पन्चेस्वर गाउँ पालिकाका अध्यक्ष गोरख बहादुर चन्द का अनुसार डोजरको र्ममत गर्नु पर्ने तर जिल्लामा त्यसका लागि कोहि पनि मान्छे नभएकाले मर्मत हुन नसकेको बताएका छन् ।
गाउँपालिकाको डोजर र टिप्पर बिग्रिएको लामो समय सम्म पनि गाउँपालिकाले डोजर र टिप्पर र्ममत गर्ननसक्नु दुख्खको कुरा हो । जनप्रतिनिधिले आफना कार्यक्रतालाई पाल्नकालागि डोजरको र्ममत नगरी व्याक्तिगत डोजरको प्रयोग गर्ने गरेको स्थानियको आरोप रहेको छ । खास गरी करोड भन्दा तलका योजनामा डोजर लगाउन नमिल्लने तर भौगोलिक विकटका कारणले डोजर प्रयोग गर्नु पर्ने बाध्यता छ । यसै मौका मा व्याक्तिगत डोजरको प्रयोग गरिरहेका छन् ।