बेलायतको राजधानी लन्डनमा एक जना नेपाली युवक बेपत्ता भएका छन् । उनी लण्डनको हेज क्षेत्रबाट एक महिना अघिदेखि बेपत्ता भएका हुन् ।
लण्डनमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएका हुन् । लामो समयदेखि लण्डनमा बस्दै आएका उनको खोजी गरे पनि त्यहाँको प्रहरीले कुनै भेउ पाउन नसकेको बताइन्छ ।
आफ्नो पहलबाट मात्र पोखरेलको पत्तो नलागेपछि स्थानीय प्रहरीले सर्वसाधारणलाई खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ । प्रहरीका अनुसार उनी मे २९ का दिन डोबरमा देखिएका थिए ।
अहिले डोबर हेर्ने केन्ट प्रहरीले पनि छुट्टै खोजी कार्य जारी राखेको छ ।