प्रदेश मन्त्रीपरिषद बैठकद्वारा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन आदेश स्वीकृत

प्रदेश मन्त्रीपरिषद बैठकद्वारा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन आदेश स्वीकृत

सुदूर पश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले खप्तड क्षेत्र पर्यटन विकास तथा ब्यवस्था समिति गठन आदेश २०७५ लाई स्वीकृत गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पेश गरेको सो गठन आदेश मन्त्रीपरिषदको आजको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

सो गठन आदेश स्वीकृत भएसंगै पर्यटन मन्त्रालयलाई समिति गठन गर्ने बाटो खुलेको छ । संघीय सरकार मातहत रहेर धेरै समिति गठन भएपनि सो क्षेत्र प्रदेश सरकार मातहत आएपछि आदेश पारित नभएका कारण विकास तथा ब्यवस्था समिति गठन हुन सकेको थिएन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको जानकारी अनुसार आजको मन्त्रीपरिषद बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार गरेको सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ ब्यवस्थापन कार्यविधि २०७५ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रीपरिषदको बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार पारेको गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा रहेका महिलाहरुलाई उद्धार गर्ने कार्यविधि २०७५ पनि स्वीृत गरेको छ । यो कार्यविधि पारित भएसंगै प्रदेश सरकारले बजेटमा ब्यवस्था गरेको एयरलिफ्टिङ कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।

मन्त्रीपरिषदको बैठकबारे जानकारी दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीले प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कोल्ड स्टोर, कोल्डरोम र राइपेनिङ च्याम्बर निर्माण कार्यविधि २०७५ समेत स्वीकृत भएको बताउनुभयो ।