खुर्पा प्रहार गरी आफ्नै छोराले लिए आमाको ज्यान

खुर्पा प्रहार गरी आफ्नै छोराले लिए आमाको ज्यान

 चितवनको माडी नगरपालिका(६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।

स्याउलीबास निवासी अन्दाजी ३६ वर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो । 
 
अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाइएको छ ।