चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट

चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट

ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्। आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्।

पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ। आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको बताइन्। 

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। डा. घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन्।

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन्।

निवेदनमा भनिएको छ, ‘कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट, हातपात गरी रगताम्य पारी, डाक्टर हुँ किन यस्तो गरेको भनि कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाईलाई घाइते पारी हाल अल्का अस्पतालबाट उपचार भइरहेको छ। निज ट्राफिक प्रहरी राजेन्द्र थापालाई उपस्थित गराई आवश्यक कारवाही गरी शान्ति सुरक्षा पाउँ।’