श्रीलङ्कामा अबको २ हप्ता अत्यावश्यक बाहेकका गाडीलाई इन्धन बेच्न रोक

श्रीलङ्कामा अबको २ हप्ता अत्यावश्यक बाहेकका गाडीलाई इन्धन बेच्न रोक

श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ ।

खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने गाडीलाई मात्र पेट्रोल भर्न दिने घोषणा गरेको बीबीसीले जनाएको छ । 

यस्तै सहरी क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । सरकारी अधिकारीहरूले दुई करोड २० लाख जना मानिसलाई घरबाटै काम गर्न भनेका छन् । श्रीलङ्का अहिले इन्धन, खाद्यान्न, औषधिजस्ता वस्तुको आयातको रकम तिर्न सङ्घर्ष गरिरहेको छ ।

श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले देश खराब आर्थिक सङ्कटमा रहेकाले अबको दुई हप्ता निजी गाडी तथा अत्यावश्यकबाहेकका सबै गाडीलाई पेट्रोल बिक्री बन्द गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।