उपमेयरको घर डुबानमा

उपमेयरको घर डुबानमा

मंगलबार बिहानैदेखिको बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ।

 बर्षाको पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो। उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा मंगलबार विहान पानी पसेको हो।

साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ।