काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।
दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए ।
काठमाडौं महानगरपालिका र सेना, प्रहरीको दमकलको सहयताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन।