धनगढी उपमहानगरपालिकाद्धारा दुई जना चिकित्सकमेको माग

धनगढी उपमहानगरपालिकाद्धारा दुई जना चिकित्सकमेको माग

धनगढी उपमहानगरपालिकाले दुई जना चिकित्सक माग गरेको छ। उपमहानगरले मंगलबार एक सूचना जारी गर्दै दुई जना चिकित्सक करारमा माग गरेको हो। सूचनामार्फत एक जना फिजिसियन र एक जना गाइनेक्लोजिस्टका लागि दरखास्त आह्वान गरिएको छ।

उपमहानगरपालिकाले प्रत्येक वडामा मासिक रुपमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ 'विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक' सञ्चालन गर्ने जनाएको छ। सोही क्लिनिक सञ्चालनका लागि विशेषज्ञ चिकित्सक सेवा करारमा भर्ना गर्नुपर्ने हुँदा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ।