वर्षाले प्रभावित भएकाहरूलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारलाई कोइरालाको आग्रह

वर्षाले प्रभावित भएकाहरूलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारलाई कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । 

उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत तत्काल उद्दार तथा राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका  हुन् । 

उनले उद्दार कार्यमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन्  ।

Dr Shekhar Koirala

@Shekharnc

अबिरल बर्षाका कारण मोरङ,झापा,रौतहट, रुपन्देही,कैलाली,कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको छ,जनजीवन अस्तव्यस्त छ। ति स्थानहरुमा तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्दछु। र उद्धारमा जुटन कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गर्दछु।

7:49 AM · Jun 29, 2022