मुख्य न्यायधिवक्ताको कार्यालय स्थापना भएको आज एक बर्ष पुरा

मुख्य न्यायधिवक्ताको कार्यालय स्थापना भएको आज एक बर्ष पुरा

प्रदेशको मुख्य न्यायधिवक्ताको कार्यालयले स्थापना भएको एक बर्ष पुगेको अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल को संविधान अनुसार प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायधिवक्ताको कार्यालय स्थापना भएको एक बर्ष पुरा गरेको अवसरमा आयोजित चियापान कार्यक्रममा मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले अन्य प्रदेशमा मुख्यमन्त्रीकै कार्यालयमा मुख्य न्यायधिवक्ताको कार्यालय रहेको अवस्थामा आफुले नियुक्त भएपछि कार्यालय स्थापना गरेको र हाल कार्यालय ब्यवस्थित भएको बताउनुभयो ।

 मुख्य न्यायधिवक्ताको कार्यालयले स्थापना भएको एक बर्षको अवधिमा प्रदेशका सात वटा जिल्लाका स्थानीय तअका न्यायिक समितिका सदस्यहरुलाई न्याय सम्पादन सम्बन्धी दुई दिने प्रशिक्षण तथा स्थानीय तहका पदाधिकारीहरुसित कानून निर्माण बारे अन्तरक्रिया समेत गरेको छ ।

यस्तै प्रदेश सरकारलाई १० वटा बिषयमा कानूनी राय दिएको मुख्य न्यायधिवक्ता उपाध्यायले बताउनुभयो । यस्तै प्रदेश सरकारति सम्बन्धित ६ वटा मुद्धामा उच्च अदालत दिपायल र ६ वटा मुद्धामा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा बहस गरिएको छ । भने प्रदेशको राजधानीका बिषयमा परेका २ वटा रिटमा सर्वोच्च अदालतमा समेत बहस गरिएको मुख्य न्यायधिवक्ताको कार्यालयले जानकारी दिएको छ ।

चियापान कार्यक्रममा उच्च अदालत पाटनका सेवा निवृत हुनुभएका न्यायधीश रेवन्त कुँवर, जिल्ला न्यायधिश परशुराम भट्टराई, बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष गंगाराम पाध्याय, पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली बारका अध्यक्ष शिब बहादुर केसी लगायतले शुभकामना दिनुभएको थियो ।